मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २१ आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १६:o२:oo

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए। पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्व समेत सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर भएको छ।