मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको लिपिङ बजार पुग्ने सडक
२o८१ पौष २० शनिबार o७:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोदारी राजमार्ग स्तरोन्नति गर्न साढे चार अर्ब प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o७:११:oo

तातोपानी भन्सारसँगको पहुँचमार्ग सहज बनाउन कोदारी राजमार्ग मर्मत तथा स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय, चरिकोटले चार अर्ब ४६ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ । 

कार्यालय प्रमुख अमितकुमार श्रेष्ठले तीन खण्डमा बजेट विभाजन गरी प्रस्तावित फाइल राष्ट्रिय योजना आयोगमा पेस भएको जानकारी दिए । प्रस्तावित बजेटमा सहमति कायम भएर अर्थ मन्त्रालयबाट रकमसमेत निकासा हुने कुरामा आशावादी रहेको उनले बताए ।

बाह्रबिसेबाट चीनको सीमा रहेको लिपिङ बजारसम्म २६.५ किलोमिटर रहेको कोदारी राजमार्ग सडक स्तरोन्नति गर्न दुई अर्ब ५३ करोड ५२ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । काभ्रेसँग सिन्धुपाल्चोकको सिमाना छुट्याउने बन्देउदेखि बाह्रबिसेसम्मको २८ किलोमिटर सडकको सामान्य मर्मतका लागि भने ५० करोड माग गरिएको छ । त्यस्तै, विभिन्न ठाउँमा खस्न सक्ने पहिरो रोकथाम र मर्मतका लागि एक अर्ब प्रस्ताव गरिएको छ । 

सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले बन्देउदेखि बाह्रबिसेसम्म सडक मर्मत गर्ने र बाह्रबिसेबाट लिपिङसम्म सडक स्तरोन्नति गर्ने योजना रहेको बताए । कोदारी राजमार्गको भौगोलिक जटिलताका कारण दायाँ–बायाँ ३० मिटर मात्रै सडक क्षेत्राधिकार कायम गर्नुपर्ने बाध्यता छ । यसअघि ५० मिटर क्षेत्राधिकार तोकिएको थियो । 

सडक धेरै चौडा गर्ने भूगोल नभएकाले हालका लागि बढीमा ९.४५ मिटर सडक चौडा गरी कालोपत्रे गर्ने कार्यालयको प्रस्ताव छ ।