नेपाल बैंक र अनलाइन इ–कमर्स प्लेटफर्म दराजबिच सम्झौता भएको छ । बैंकमा ग्राहकलाई दराजमा सामान खरिद गर्दा छुट दिने गरी सम्झौता भएको हो । नेपाल बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ ।
बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्म छुट हुने बताइएको छ ।
त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा भने २० प्रतिशत वा अधिकतम २५ सयबराबरकोे छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । छुट प्राप्त गर्न ग्राहकले बैंकका शाखामा सम्पर्क गरी आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न आवेदन दिनुपर्ने हुन्छ । २६ कात्तिकदेखि ७ मंसिरसम्म लागू हुने बताइएको छ ।