न्यायाधीश–वकिल घुस लेनदेन अडियो प्रकरण : रुद्र पोखरेललाई नसिहतकाे सजाय

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले घुस लेनदेन अडियो प्रकरणमा अधिवक्ता रुद्र पोखरेललाई नसिहतकाे सजाय दिने भएको छ।

गत आइतबार बसेको परिषद्को अनुशासन समिति बैठकले पोखरेललाई नसिहतको सजाय गर्ने निर्णय गरेको बारका सचिव श्रीराम खनालले जानकारी दिए।

पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुसका विषयमा फोनमा कुरा गरेको कल रेकर्डिङ २०७९ साउनको पहिलो साता बाहिरिएपछि बार काउन्सिलले छानबिन सुरु गरेको थियो।

सुझावित समाचार