मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २७ मंगलबार १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायाधीश–वकिल घुस लेनदेन अडियो प्रकरण : रुद्र पोखरेललाई नसिहतकाे सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार १७:४३:oo

नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले घुस लेनदेन अडियो प्रकरणमा अधिवक्ता रुद्र पोखरेललाई नसिहतकाे सजाय दिने भएको छ।

गत आइतबार बसेको परिषद्को अनुशासन समिति बैठकले पोखरेललाई नसिहतको सजाय गर्ने निर्णय गरेको बारका सचिव श्रीराम खनालले जानकारी दिए।

पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुसका विषयमा फोनमा कुरा गरेको कल रेकर्डिङ २०७९ साउनको पहिलो साता बाहिरिएपछि बार काउन्सिलले छानबिन सुरु गरेको थियो।