कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित भएका छन्। स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दीक्षान्त समारोहबाट प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीबाट ५८ विद्यार्थी दीक्षित भए।
स्नातकतर्फ बिपिएचमा ३८ र एमबिबिएसमा १५ तथा स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका रेक्टर डा. डबल धामीले जानकारी दिए।
धामीका अनुसार पाँच विद्यार्थीले संवरण पदक पाएका छन्। कुलपति स्वर्ण पदक (बिएमएस, बिपिएच) कार्यक्रमअन्तर्गत समष्टिमा उच्चतम अंक ल्याउने विद्यार्थीलाई संवरण पदक वितरण गरिएको हो।