१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Wednesday, 13 November, 2024
२o८१ कार्तिक २५ आइतबार १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालीकोटको राडुमा जिप दुर्घटना :  ६ जनाको मृत्यु, १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार १७:२४:oo

कालीकोट जिल्लाको पलाँता गाउँपालिका राडु खोलामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, पुन्नकला शाही,  छाया शाही, सोही गाउँपालिका  वडा नम्बर ६ निवासी भद्र रोकाया, ६ उखाडीनिवासी गणेश शाही र ६ वर्षीय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ।

 क १ ज, ५६ नम्बर को जिप खिनदेखि थिर्पुसम्म आउँदै गरेको थियो। दिउँसो २ बजेर ३१ मिनेटमा राडु खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा १३ जना गम्भीर घाइते भएकोसमेत जनाइएको छ।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ।  घाइते हुनेमा विजय थापा, ईश्वर थापा, केशव थापा, डल्ली विक, आयुषा विक, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र गाडीचालक हस्त बम गरी जम्मा १३ जना गम्भीर घाइते रहेको जनाएको छ। गाडी सडकदेखि दुई सय मिटर तल खसेको थियो।