मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २५ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २५ आइतबार १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखन कसुरमा पूर्वमन्त्री अधिकारीलाई दुई दिन थुनामा राख्न अदालतको अनुमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २५ आइतबार १६:४५:oo

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीलाई थुनामा राख्न अदालतले प्रहरीलाई दुई दिनको म्याद दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । 

उनलाई प्रहरीले आइतबार विराटनगरस्थित घरबाटै पक्राउ गरेको हो । जापान जाने क्रममा तीनजना व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर तस्करी गर्ने प्रयास गरेको अभियोग उनीमाथि छ ।