प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेकाे उनको सचिवालयले जनाएको छ।
प्रेस सहयोगी प्रकाश सिलवालका अनुसार प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटारमै आराम गरिरहेका छन्।