१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २० मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १७:३८:oo

भेरी अस्पतालले सिकलसेल एनिमियाका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याउने भएको छ। मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारू समुदायमा मुख्य स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाको उपचार सहजताका लागि छुट्टै वार्ड स्थापनाको निर्णय गरेका हुन्।

थारू समुदायमा ठुलो संख्यामा सिकलसेल एनिमियाका प्रभावित देखिए पनि उपचार सहज नभएकाले छुट्टै वार्ड स्थापनाको तयारी थालिएको मन्त्रालयले जनाएको छ।

हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै मन्त्री पौडेलले भर्ना हुने बिरामीहरूका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन्। प्रभावित समुदायको अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

मन्त्रालयको तथ्यांकअनुसार थारू समुदायका करिब १२ प्रतिशत जनसंख्या सिकलसेलबाट प्रभावित छ। जसमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका भूभागमा बसोबास गर्ने थारू समुदायका नागरिकहरू बढी प्रभावित छन्।

यसबाहेक, सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा, शय्या सेवा शुल्क आदिबापत एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।