मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २० मंगलबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ज्यान मार्ने उद्योग मुद्दामा दीपक मनाङे सर्वोच्चबाट दोषी ठहर, पाँच वर्ष कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १८:२o:oo

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्।

सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो। उच्च अदाललते उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो।

त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा मागदाबी नपुग्ने फैसला भएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मागदाबी नपुग्ने फैसला गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले बताए।

गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन (मिलन गुरुङ)लाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो। सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन्।