मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार o९:४५:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकामा राष्ट्रपति निर्वाचन​​​​​​​ : के भन्छन् चुनावी सर्वेक्षण ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o९:४५:oo

अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिस तीव्र प्रतिस्पर्धामा छन् ।

राष्ट्रपति निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने र दुवै उम्मेदवारले जित्ने सम्भावना उत्तिकै रहेको चुनावअगाडि गरिएका केही पछिल्ला सर्वेक्षणले देखाएका छन् । आइतबार सार्वजनिक गरिएको सिबिएस न्युज/युगोभ सर्वेक्षणले ट्रम्पको सम्भावना ४९ प्रतिशत र ह्यारिसको ५० प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा एक अंकले अगाडि छिन् । अमेरिकाको एबिसी टेलिभिजनले गरेको अन्तिम सर्वेक्षणअनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले बराबर (४९/४९ प्रतिशत) प्राप्त गर्ने देखिएको छ ।

चुनावी दौडमा ठुलो संख्यामा लैंगिक विभाजन रहेको पनि सर्वेक्षणले देखाएको छ । धेरै पुरुषहरूले ट्रम्पलाई प्राथमिकता दिन्छन् भने अधिक महिलाले ह्यारिसलाई मन पराएका छन् । सर्वेक्षणअनुसार ट्रम्पले पुरुष मतदातामा ४५ प्रतिशतदेखि ५४ प्रतिशतले अग्रता लिएका छन् भने ह्यारिस महिला मतदातामा ४३ देखि ५५ प्रतिशतले अगाडि छिन् ।

सर्वेक्षणअनुसार पुरुषहरूले ट्रम्पलाई बलियो नेता (५० प्रतिशतदेखि ६४ प्रतिशतले) को रूपमा हेर्ने सम्भावना बढी छ, जब कि महिलाले ह्यारिससँग राष्ट्रपति हुनका लागि ‘मानसिक र संज्ञानात्मक स्वास्थ्य’ उचित हुन सक्ने सम्भावना बढिरहेको बताएका छन् ।

फाइभ थर्टी एइटको दैनिक चुनावी पोल ट्रयाकरको अर्को छुट्टै विश्लेषणमा ह्यारिस आइतबारसम्मको राष्ट्रिय सर्वेक्षणमा थोरै अगाडि छिन् । उनी ट्रम्पभन्दा १.४ प्रतिशत अंकले अगाडि छिन् । यद्यपि, दीर्घकालीन प्रवृत्तिले चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखाउँछ । अमेरिकाका सात स्विङ राज्यले चुनावको नतिजा निर्धारण गर्ने सम्भावना छ ।

फाइभ थर्टी एइटको दैनिक पोल ट्र्याकरका अनुसार ह्यारिसले मिसिगन र विस्कन्सिनमा झिनो अग्रता कायम राखेकी छिन् । अर्कोतर्फ ट्रम्पले पेन्सिल्भेनिया र नेभाडामा ह्यारिसलाई थोरै पछि पारेका छन् । त्यस्तै, उनी उत्तरी क्यारोलिना, एरिजोना र जर्जियामा पनि केही अगाडि देखिन्छन् ।

तथापि, सबै सात राज्यमा उम्मेदवारबिच दुई अंकले अन्तर छ । हालसालैको अरब न्युज/युगोभ सर्वेक्षणले ट्रम्पका लागि अरब–अमेरिकी समर्थन (४५ प्रतिशत) ह्यारिस (४३ प्रतिशत) को भन्दा केही बढी छ । सर्वेक्षणमा सहभागी अधिकांश सहभागीले पनि ट्रम्पलाई इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने सम्भावना बढी देखेका छन् ।