१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १४ बुधबार o६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यविधि मिचेर दुईजनालाई गृहजिल्लामै सिडिओ बनाइयाे

गृह प्रशासनमा बेथिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार o६:५३:oo

गृहले सिडिओका रूपमा महोत्तरीमा सरुवा गरेका सहसचिव लालबाबु कवारी त्यसै जिल्लामा स्थायी ठेगाना भएका विवादित कर्मचारी हुन्

गृह मन्त्रालयको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन रोकेको छ । कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने व्यवस्था छ ।

तर, गृह मन्त्रालयले हालै गरेको सरुवामा दुईजनालाई गृहजिल्लाकै सिडिओ बनाएर पठाएको छ । गृहजिल्लाकै कर्मचारीलाई सिडिओको जिम्मेवारी तोकेर पठाउँदा स्वार्थ बाझिने जोखिम हुने र अपराध अनुसन्धान, शान्तिसुरक्षालगायतमा प्रतिकूल असर पुग्ने यससम्बन्धी अधिकारीहरू बताउँछन् । 

गृहले सिडिओका रूपमा महोत्तरीमा सरुवा गरेका सहसचिव लालबाबु कवारी त्यसै जिल्ला स्थायी ठेगाना भएका व्यक्ति हुन् । उनी विवादित सहसचिव हुन् । सिराहाको सिडिओ हुँदा जग्गासम्बन्धी विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको थियो । यही आरोपउपर गृह मन्त्रालयले उनीमाथि छानबिन पनि गरेको थियो । आरोपबिच गोरखाको सिडिओ बनाएर पठाएपछि गृह मन्त्रालयले रमाना लिन नपाउँदै उनको सरुवा रद्द गरेको थियो । तर, उनीमाथिको छानबिन अझै पनि टुंगोमा पुगेको छैन । 

यही ७ असोजदेखि दैलेखमा सिडिओका रूपमा कार्यरत नवराज जैशी पनि त्यही जिल्ला स्थायी ठेगाना भएका कर्मचारी हुन् । जैशीलाई पनि मन्त्रालयले गृहजिल्लामै सिडिओ बनाएर पठाएको छ । हाल नुवाकोटको सिडिओमा कार्यरत सहसचिव रामकृष्ण अधिकारी पनि नुवाकोट स्थायी ठेगाना भएका हुन् ।