भरतपुर महानगरपालिका वडा नम्बर ६ ले यो वर्ष देउसी भैलो नखेल्न वडावासीलाई अनुरोध गरेको छ। वडा अध्यक्ष कृष्ण लाल श्रेष्ठले सूचनामार्फत देशको विसम परिस्थिथिका कारण यसपालि देउसी भैलो जस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।
श्रेष्ठका अनुसार, असोज ११ र १२ गतेको अविरल वर्षाले देशमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद् ल्याएको छ, जसले गर्दा ठूलो मात्रामा जनधनको क्षति भएको छ। उनले भने, ‘देशमा ठूलो विपद् भएको छ, सयौँ मानिसले ज्यान गुमाए, कयौँ घाइते भएका छन् र धेरै अझै पनि हराइरहेका छन्। यस्तो परिस्थितिमा मनोरञ्जनका लागि खेलिने देउसी/भैलो नखेल्न हामीले सबै संघसंस्थालाई अनुरोध गरेका हौँ ।’
श्रेष्ठले सबै नागरिकलाई यस विषम समयको महत्त्वलाई बुझी सहयोग गर्न समेत अनुरोध गरेका छन् । तर वडाको सहकार्य यही वडामा तिहार विशेष लाईभ कन्सर्टको आयोजना गरिएको छ।