१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनका सिडिओ र एसपी एकैपटक फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १७:o४:oo

गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई हटाएको छ। सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको कार्यकाल पूरा नगरी उनीहरूको सरुवा भएको हो।

सिडिओ यादवको चार महिना तथा रिमालको आठ महिनामा सरुवा गरिएको छ। कुनै कमजोरी नरहेको अवस्थामा सामान्यतया सिडिओ र एसपीको एक वर्षमा सरुवा हुन्छ।

चितवनको सिडिओमा प्रकाश पौडेल र एसपीमा गौतम मिश्रलाई पठाइएको छ। हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि चितवनमा पनि अनुसन्धान भइरहेको छ।

जिबी राई समूहले सञ्चालन गरेको साहारा चितवन बहुउदेश्यीय सहकारीको रकम गोर्खा मिडियामा पनि गएको आधारमा लामिछानेमाथि चितवनमा पनि अनुसन्धान गर्न लागिएको छ। चितवनका सिडिओ र एसपी अघिल्लो सरकारको पालामा गएकाले गृहले उनीहरूलाई हटाएर आफूअनुकूललाई पठाएको स्रोत बताउँछ।