१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १o:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाई मोटरको वैश्विक ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १o:५६:oo

हुन्डाई मोटर कम्पनीको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ । हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा रहेको कम्पनीले जनाएको छ । यो पछिल्ला पाँच वर्षमा ६३ प्रतिशतले ब्रान्ड भ्यालु वृद्धि हुनुका साथै लगातार दोस्रोपटक श्रेणी (¥यांकिङ) वृद्धि भएको कम्पनीको भनाइ छ । 

यो अवधिमा हुन्डाई ब्रान्ड ३६औँ स्थानबाट ३०औँ स्थानमा उक्लिएको र लगातार १४ वर्षसम्म ब्रान्ड भ्यालुसमेत बढेको कम्पनीको दाबी छ । कम्पनीको ब्रान्ड भ्यालु वृद्धि हुनुमा विभिन्न वैश्विक पहल रहेका छन्, जो कम्पनीको नारा ‘मानवताका लागि प्रगति’को प्रतीक रहेको छ । 

त्यसैगरी, हुन्डाईले रणनीतिक पहलका माध्यमबाट वैश्विक रूपमा ब्रान्ड विस्तारसमेत गरेको छ । हुन्डाई मोटर ग्रुप इनोभेसन सेन्टर सिंगापुर निर्माणपछि कम्पनीले हुन्डाई मोटर ग्रुप मेटाप्लान्ट अमेरिका, नयाँ इलेक्ट्रिक भेहिकल (इभी) प्लान्टजस्ता नयाँ सुविधाको योजनासहित भविष्यको गतिशीलतालाई जारी राखेको बताएको छ । 

बजारलाई हेर्दै कम्पनीले हालै मात्री ‘हुन्डाई वे’ पनि अनावरण गरेको छ । यो बजार नेतृत्वका लागि एउटा मध्यदेखि दीर्घकालीन रणनीति हो । साथै, कम्पनीले सफ्टवेयर र एआईमा आधारित आफ्ना उत्पादन र सेवा बढाउँदै जाने पनि बताएको छ । यसले हुन्डाई मोटर मोबिलिटी इकोसिस्टममा परिवर्तन ल्याउनुका साथै गेम चेन्जरको भूमिका बलियो बनाउने कम्पनीको विश्वास छ । 

नेपालमा भने लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई मोटरको आधिकारिक विक्रेता रहेको छ । यसले कोना र आयोनिक फाइन विद्युतीय कार बिक्री गर्दै आइरहेको छ ।