१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार o६:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपीडितलाई आयल निगमद्वारा तीन करोड सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o६:५४:oo

११ र १२ असोजमा आएको अविरल वर्षाले देशभर गरेको जनधन क्षतिको राहत वितरणमा सरकारलाई सहयोग पु¥याउन नेपाल आयल निगम लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ योगदान गरेको छ । 

आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले सञ्चालक समितिको बैठकबाट निर्णय गराई बाढीपीडितको राहत वितरणका लागि तीन करोड सहयोग गर्ने निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीलाई रकम हस्तान्तरण गरेको जानकारी दिए ।

‘बाढीले जनधनमा ठूलो क्षति गरेको हामी सबैले बुझेकै कुरा हो । यति ठूलो क्षति न्यूनीकरणका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको शीर्षकबाट सहयोग गर्ने निर्णय भएबमोजिम रकम हस्तान्तरण गरेका छौँ,’ उनले भने ।

निगमले विपत्का वेला समय–समयमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ । दुई वर्षअघि जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा घाइते हुनेको उद्धारमा खटिने नेपाली सेनाको हेलिकोप्टरमा लाग्ने हवाई इन्धनको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो । 

त्यस्तै, कोभिड–१९ को समयमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० करोड रुपैयाँ योगदान गरेको थियो ।