१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर छलेर ल्याएको १३ लाखबराबरको सामान बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १o:३५:oo

भन्सार तथा कर छली गरी ल्याएको १३ लाख रुपैयाँभन्दा बढीको सामग्री प्रहरीले बरामद गरेको छ । दाङ तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा.१त २३०२ नम्बरको मिनीट्रक इलाका प्रहरी कार्यालय थारमारेले चेकजाँच गर्ने क्रममा भन्सार तथा कर छली गरी ल्याएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सो सामान तुलसीपुरबाट हालेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ५० किलो तौल भएको ५० बोरा बिल नभएको अवस्थामा फेला परेको छ । यस्तै शंकास्पद बिल भएको २५ किलो तौल भएको चामल एक सय ३५ बोरा चामल, एक सय ५४ बोरा सादा भुजा, एक सय ४५ पेटी खानेतेल, दुई सय किलो मैदा, १५ प्याकेट आटा, एक बोरा दाल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । 

यस्तै, लाइफब्वाय साबुन एक कार्टुन, लक्स साबुन एक कार्टुन, सुजी ४० पाकेट, दालमोठ चार बोरा नियन्त्रणमा लिएको उनको भनाइ छ । ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ भने त्यसका चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको प्रहरीले जनाएको छ ।