१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
रासस काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १६:४१:oo

सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ।

सरकारले प्रतिमृतक रु. दुई लाख प्रदान गरेको हो। गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरूप पाँच करोड प्रदान गरिएको छ।

बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए। १७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ। पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ।