१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ कार्तिक ६ मंगलबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रविको पक्षमा कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रदर्शन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १४:४४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रदर्शन भएकाे छ । रास्वपा कञ्चनपुरले पहिलो दिन शनिबार जिल्ला सदरमुकाम महेन्द्रनगर बजारमा पार्टी सभापति लामिछाने पक्राउको विरोध प्रदर्शन गरेको थियो भने दोस्रो दिन मंगलबार पनि महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेका छन् । 

रास्वपा कञ्चनपुरका नेता अम्बादत्त जोशीले वर्तमान सरकार (कांग्रेस, एमाले) नेतृत्वको सत्ताधारी पार्टीले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध निलो क्रान्तिको निरन्तरताका लागि गरिएको बताए । उनका अनुसार मंगलबार पनि महेन्द्रनगर बजारमा प्रदर्शन गरिएको छ । घण्टीसहित रास्वपा नेता कार्यकर्ताहरूले महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेका हुन् । 

‘नडराउनु नबिराउनु रवि दाइ,जनता तिम्रो साथमा छन्, न्याय मार्न पाइँदैन’ भनेर नाराबाजी गरेका थिए। रास्वपा कञ्चनपुरका नेता–कार्यकर्ताहरुले वास्तविक सहकारी काण्डमा कांग्रेस, एमालेकै नेताहरू धनराज गुरुङ, ऋषिकेश पोखरेल र नक्कली भुटानी शरणार्थीकण्ड, गिरीबन्धु टी इस्टेटसहितका काण्ड सामसुम पार्नका लागि उक्त हथकण्डा गरेको उनीहरूको आरोप छ । अब निलो क्रान्ति नरोकिने भन्दै रास्वपाले निरन्तर आन्दोलनको चेतावनी दिएको छ।