१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १७:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘जग्गा दान’बारे आलोचना भएपछि ओलीले विषयान्तर गर्न रविलाई पक्राउ गरे : माधव सापकोटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १७:५७:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गर्दै प्रधानमन्त्री केपी ओली दलाल, बिचौलिया र भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लगाएका छन्।

मंगलबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सापकोटाले ओली सरकारलाई इतिहासकै सबैभन्दा आलोचित, विवादित र भष्मासुरको संज्ञा दिए। एमालेकै नेताहरूले कीर्तिपुरमा बन्न लागेको ‘मीनभवन’बारे बोल्दा स्पष्टीकरण सोधिएको भन्दै उनले ओलीको आलोचना गरे।

सोही भवनका कारण नै आफू र आफ्नो पार्टीमाथि हमला भएपछि ओलीले त्यसको विषयान्तर गर्न हतारिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको माओवादी नेता सापकोटाको जिकिर छ।

‘रविजीलाई मात्रै पक्राउ गर्नतर्फ किन गयो त? कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको नाम मिडियामा दिनकै आउँछ। उहाँहरूको त रविजीको भन्दा पनि बढी छ्याङ्छ्याङ्ती देखिने गरी प्रमाण आयो। धनराजले त अहिलेका दानवीर मीनबहादुरसँगै सापटी लिएर तिरेको बयान दिइसक्नुभयो। साबिती बयान दिनुभयो। यसले के देखाउँछ भने आफ्नाहरू जतिलाई जोगाउने र संरक्षण गर्ने, आफूलाई पालनपोषण गर्ने, चन्दा दिने, दान–भेटी दिनेहरूको संरक्षण गर्ने, आफ्नो विरुद्धमा जानेहरूलाई समातेर थुन्ने निरंकुशतातर्फ जान खोजेको आशंका छ।’

नेता सापकोटाले कांग्रेस र एमालेबिचको सहकार्यबारे टिप्पणी गर्दै एक सय दिन नपुग्दै सरकार भूकम्पजस्तै हल्लिएको टिप्पणी गरे। सरकार बनेको दिनदेखि नै सबै क्षेत्रबाट आलोचना भएको भन्दै उनले बिचौलियाहरूको सेवा गर्ने अभिप्रायले बनेको सरकारले त्यसमा भने सफल भएको कटाक्ष गरे।

‘सरकार जुन अभिप्रायले बनेको हो, त्यो कामचाहिँ उसले गरिरहेको छ। भ्रष्टाचारीको संरक्षण गर्ने भनेको हो, दलाल र बिचौलियाहरूको सेवा गर्ने भनेको हो। त्यो काम गरिरहेको छ। जनता विपत् र आपतमा छन्। सरकारले साझा संकल्प ल्याएन। यो सरकार जनताको कामबाट च्यूत छ। कसरी अटोक्रेसी लाद्ने भनेर सरकार र प्रधानमन्त्री त्यसमा केन्द्रित छन्,’ उनले भने।