Skip This
दसैँ बिदामा पनि प्रेस काउन्सिलले नियमन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २३ बुधबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ बिदामा पनि प्रेस काउन्सिलले नियमन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार १८:१७:oo

प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ। बुधबार विज्ञप्ति जारी गर्दै काउन्सिलले दसैँ बिदाको समयमा आएका उजुरी, गुनासाहरूमा अनुगमन र सुनुवाइ हुने जानकारी गराएको हो।

सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ।

नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले दसैँ, तिहार, छठलगायतका राष्ट्रिय पर्वहरू र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चारमाध्यम, सञ्चारकर्मी, आमपत्रकार, सबै नागरिकप्रति शुभकामनासमेत व्यक्त गरेको छ।

चाडपर्वहरूले राष्ट्रिय एकता, भ्रातृत्व र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले विदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताए।