Skip This
बागमती प्रदेश सरकारले पनि ४५ पालिकालाई गर्‍यो विपत् जोखिमयुक्त घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार o८:१४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेश सरकारले पनि ४५ पालिकालाई गर्‍यो विपत् जोखिमयुक्त घोषणा

जोखिमयुक्त रहेका पालिकालाई पाँच करोड ८० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o८:१४:oo

११ र १२ असोजको अविरल वर्षाले सबैभन्दा बढी क्षति पुर्‍याएका ४५ स्थानीय तहलाई बागमती प्रदेश सरकारले विपत् जोखिमयुक्त पालिका घोषणा गर्दै आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जिल्लाका ती पालिकाहरूलाई पाँच करोड ८० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपत् जोखिम रहेका पालिकाहरूलाई जोखिम र क्षतिका आधारमा तीन वर्गमा विभाजन गरी आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले सातवटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेको उनले बताए । प्रदेश विपत् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा पठाइने रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपत्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको मन्त्री लामिछानेको भनाइ छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई बढी जोखिमयुक्त पहिलो वर्गको पालिकाको रूपमा घोषणा गरिएको छ । ती पालिकालाई २० लाखका दरले एक करोड ४० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

पहिरोले क्षतिग्रस्त बनेको काभ्रेको बेथानचोक गाउँपालिकाको एक बस्ती । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

यस्तै, दोस्रो वर्गमा काठमाडौंको चन्द्रागिरि र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकालाई १५ लाखका दरले एक करोड ८० लाख रकम निकासा गरिने भएको छ ।

यसैगरी, तेस्रो वर्गमा दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनीबेँसी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका, चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिका गरी २६ वटा गाउँपालिकालाई १०÷१० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ निकासा गरिने भएको छ ।

विपत् कोषमा मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब जम्मा गरिने
यस्तै, बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री लामिछानेले प्रदेश विपत् कोषमा प्रदेशका १३ जना मन्त्रीको १५ दिनको तलबबापत चार लाख २७ हजार रुपैयाँ जम्मा हुने जानकारी दिए । जसअनुसार विपत् कोषमा मन्त्रीहरूले प्राप्त गर्दै आएको ६० हजार रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार रुपैयाँको आधा रकम ३५ हजार जम्मा हुनेछ । यसैगरी, प्रदेश सरकारले चणिकलाल तामाङलाई दिने भनी यसअघि घोषणा गरेको एक लाख ५० हजार रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ । गत १२ असोजमा ललितपुरको नख्खुखोलामा आएको बाढीमा बग्दै गरको दुईजनाको जीवनरक्षा गरेको भन्दै उनलाई प्रदेश सरकारले सम्मान गर्ने निर्णय गरेको थियो ।

सात स्थानीय तहलाई २० लाख
काभ्रे : पनौती नगरपालिका, रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका 
सिन्धुली : सुनकोशी गाउँपालिका
ललितपुर : महांकाल गाउँपालिका
मकवानपुर : इन्द्रसरोवर गाउँपालिका

१२ स्थानीय तहलाई १५ लाख
काठमाडौं : चन्द्रागिरि, नागार्जुन नगरपालिका
ललितपुर : गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका
सिन्धुपाल्चोक : जुगल गाउँपालिका, लिसंखुपाखर गाउँपालिका
भक्तपुर : सूर्यविनायक नगरपालिका
मकवानपुर : बागमती गाउँपालिका
रामेछाप : खाँडादेवी गाउँपालिका
दोलखा : बिगु गाउँपालिका
धादिङ : गजुरी गाउँपालिका

२६ स्थानीय तहलाई १० लाख
दोलखा : शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोशी गाउँपालिका
धादिङ : बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनीबेँसी नगरपालिका
रामेछाप : मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बाशैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र उमाकुण्ड गाउँपालिका
सिन्धुली : गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिका
मकवानपुर : बकैया गाउँपालिका
सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका, भोटेकोशी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिका
काभ्रे : नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका, महाभारत गाउँपालिका
चितवन : माडी नगरपालिका,  इच्छाकामना गाउँपालिका