Skip This
नेपाल प्रिमियर लिगको अक्सन आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २० आइतबार o७:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिगको अक्सन आज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:२५:oo

लिगमा अक्सनबाट एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउने

नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सन आज हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गर्ने अक्सनबाट सहभागी ६ टिमले समान १० जना खेलाडी खरिद गर्नेछन् । एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन् । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुनेछ ।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ । 

क्यानले बिहीबार नै सहभागी ६ टिम अक्सनबारे जानकारी गराएको थियो । त्यसमा एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउनेछ । नियमानुसार श्रेणी ‘ए’को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतमको १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ । 

‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य ५ लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् । 

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन । आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो । नेपाल टी–२० लिगलाई आइसिसी, राखेप र सिआइबीले छानबिन गरेका थिए । 

शक्ति लुम्बिनीको सल्लाहकार प्रशिक्षक
फ्रेन्चाइज लुम्बिनीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । टोलीका मालिक ईश्वर जिसी र शक्तिले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यस्तै, सुदूरपश्चिमले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।