Skip This
प्रेस काउन्सिलको ‘एयर बुक’ सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o६:५२:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

प्रेस काउन्सिलको ‘एयर बुक’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o६:५२:oo

प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवको अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी अंग्रेजी भाषामा मिडिया ‘एयर बुक’ (वर्ष पुस्तक) प्रकाशन गरेको छ ।

नेपाली सञ्चार क्षेत्रबारे अंग्रेजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले उक्त अभाव टार्ने गरी पहल गरेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घटना, प्रवृत्ति, नीति र कार्यक्रमको विवेचना गर्दै वर्ष पुस्तक प्रकाशन भएको हो ।

नेपालभित्र मात्र नभई अन्तराष्ट्रिय रूपमा नै नेपाल र नेपाली मिडियाबारे चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुनेछ । ‘हाम्रा प्रायः सबै प्रकाशन नेपाली भाषामा हुँदा बाहिरी जगत्लाई मिडियाको अवस्था बुझाउन कठिन थियो । आधिकारिक रूपमा अंग्रेजीमा प्रकाशन नभएको सन्दर्भमा एयर बुकको अवधारणाले सिंगो प्रेस जगत् बुझाउन सजिलो भएको छ,’ प्रकाशनबारे अध्यक्ष बस्नेतले भने ।

उक्त प्रकाशनको प्रारम्भिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले काउन्सिलको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेका थिए । शनिबारदेखि भने यसलाई आमनागरिकमाझ ल्याएको काउन्सिलको भनाइ छ । यो वर्षको एयर बुक संस्करणमा जम्मा १६ वटा लेख प्रकाशित छन् ।