Skip This
एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २० आइतबार o६:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o६:४३:oo

एसिया रग्बी सेभेन्सको उपाधि महिला तथा पुरुषतर्फ नै फिलिपिन्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चाइनिज ताइपेईलाई २७–१४ स्कोरले पराजित गर्दै पुरुषतर्फ उपाधि उचाल्यो । सुरुदेखि नै दबाब बनाएको फिलिपिन्सविरुद्ध चाइनिज ताइपेई कमजोर देखियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो ।

इन्डोनेसियालाई पराजित गर्दै गुआमले तेस्रो स्थान हात पार्‍यो । सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुनपुग्यो ।महिलातर्फ भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले दुवै उपाधि जितेको हो । 

‘च्यालेन्ज थर्ड’मा नेपाल पराजित
नेपालको पुरूष टोली एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’मा पराजित भएको छ । अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो । एक समय नेपालले खेलमा पुनरागमन गरेको थियो । स्कोर ५–५ को बराबरीमा हुँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो ।

योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुनपुग्यो । यसअघि नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो । यसअघि शुक्रबार समग्रमा नेपालको पुरुष तथा महिला टोलीले पाँच खेल खेल्दा एक मात्र जित निकालेका थिए । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरेका थिए ।