Skip This
नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार o६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o६:३३:oo

नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।

भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने निर्णय गर्दै टुंगो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।  

नेपाल पत्रकार महासंघको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।