१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार o६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बुटवललाई गोल्डकप उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o६:५९:oo

बुटबल–लुम्बिनी एएफसीले दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा बुटवलले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

बुटवलका लागि सनिश श्रेष्ठले खेलको ३५औँ मिनेटमा १–० को अग्रता दिलाए । दोस्रो हाफको छैटौँ मिनेटमा आयुष घलानले बुटवललाई २–० को अग्रता दिलाए । बुटवलले मोफसलमा पहिलोपटक उपाधि जितेको हो । यसअघि प्रथम इलाम गोल्डकप २०८० र दोस्रो ताप्लेजुङ गोल्डकप २०८१ मा टोली सहभागितामै सीमित भएको थियो ।

बुटवलले ६ लाख र पुलिसले तीन लाख रुपैयाँ पाएका छन् । बुटवलका कप्तान एरिक विष्ट उत्कृष्ट खेलाडी भए । पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलरक्षक, बुटवलका सनिश उत्कृष्ट डिफेन्डर, पुलिसका राम वाजी उत्कृष्ट मिडफिल्डर, आयोजक हानामी भरतपुर फुटबल क्लबका राज भुसाल उत्कृष्ट स्ट्राइकर र बुटवलका राजु लामा उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्टहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । भरतपुर फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।