१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोरामा लुकाएको लागुऔषधसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o९:५२:oo

सिराहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ६ सीतापुर बस्ने करिब ४० वर्षीय भगत यादवलाई सोमबार साँझ बोरामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्लास्टिकको बोरा बोकेर भगवतीपुर हुँदै सीतापुरतर्फ आउँदै गरेका यादवलाई रोकेर बोराको जाँच गर्दा लागुऔषध बरामद भएपछि तत्काल नियन्त्रणमा लिइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका यादवले बोकेको बोरामा एक सय एमएलको ८४ बोतल कोडिन फस्फेट विक्सिडन सिरप, एक सय एक एम्पुल फेनार्गन, ९५ एम्पुल डाइजिपाम र ९८ एम्पुल बुप्रेनर्फिन बरामद भएको छ। लागुऔषधसहित नियन्त्रणमा लिइएका यादवलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।