१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल पुलिस टेबुलटेनिस लिग च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o८:३६:oo

विभागीय टोली नेपाल पुलिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को उपाधि जितेको छ । शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल पुलिसले र आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि उचाल्यो । समान २ पुरुष र महिला एकल र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नुपर्नेमा प्रहरीले ४ स्पर्धामै जित निकालेको हो । उपाधिसँगै प्रहरीले २ लाख तथा स्ट्यागले एक लाख नगद पुरस्कार हात पारे ।

पुलिसले ४ स्पर्धामै जितका लागि आवश्यक ८ अंक बटुल्न सफल भएको थियो । पुलिस साबिक उपविजेता हो भने गत संस्करणमा स्ट्याग तेस्रो भएको थियो । डिफेन्डिङ च्याम्पियन एभिएम टेबलटेनिस क्लब यसपटक सहभागी भएन ।

पहिलो पुरुष एकलमा स्ट्यागका हमर साङ्गाले पुलिसका वंश सिंघललाई ११–९, ५–११ र ११–९ को सेटमा पराजित गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । महिला एकलमा पुलिसकै लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११–६, ५–११ र ११–६ ले हराउदै खेललाई ३–३ को बराबरीमा अवस्थामा पुर्‍याइन् । मिक्स डबल्समा पुलिसकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०–११, ११–९ र ११–१ ले पाखा लगाएपछि खेल ५–५ को बराबरी पुग्यो ।

अर्को पुरुष एकलमा पुलिसका संयोगको प्रदर्शन नै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३–० को सोझो सेटमा पन्छाएका थिए । संयोग ११–७, ११–४ र ११–९ ले विजयी भए । त्यसपछि पुलिसकी नवीता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला एकलको खेल खेल्नै परेन । 
विभागीय टोली नेपाल एपिएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस प्रतियोगितामा तेस्रो भएका छन् । दुवैले समान ५० हजार नगद पुरस्कार पाए ।