१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार o८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o८:१३:oo

नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनबाटै बाहिरिएको छ । शनिबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई साबिक विजेता भारतले ४–२ ले पराजित गर्‍यो । भारतलाई लगातार फाइलनमा पुर्‍याउन विशाल यादवले दुई गोल गरे । ऋषि सिंह र हिम्नीचुङ लुनकिमले समान एक गोल गरेका थिए । नेपालका लागि कप्तान सुवास बमले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । भारतका मोहम्मद काइफले आफ्नै पोस्टमा गोल गरेका थिए । 

नेपालका प्रशिक्षक सनोज श्रेष्ठले गोलकिपर पेम्बा नुर्बु भोटेको गल्तीका कारण गोल भएको प्रतिक्रिया दिए । ‘खेलाडीले समग्रमा राम्रो खेलेका हुन् । तर, गोलकिपरको गल्तीका कारण सुरुका दुई गोल व्यहोर्न पुग्यौँ ।’

अब, भारतले फाइनलमा बंगलादेशको सामना गर्नेछ । पाकिस्तानलाई सडनडेथमा हराउँदै बंगलादेश फाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । पाकिस्तानले खेलमा २–० को अग्रता जोगाउन सकेन । पेनाल्टी पनि ५–५ बराबरीमा सम्पन्न भएपछि खेलको नतिजा सडनडेथमा आएको हो । दुई गोल गरेका विशालले बंगलादेशविरुद्ध उपाधि जित्न खेल्ने बताए । ‘ फाइनल पुग्दा म निकै खुसी छु । यो खुसी साथीहरूसँग बाँड्न चाहन्छौँ । यो प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिँदै उपाधि जित्न खेल्छौँ ।’

६ गोल नै दोस्रो हाफमा
दिनको पहिलो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भारत र नेपालले अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन् । दोस्रो हाफमा भने ६ गोलको वर्षा भयो । खेलको ६१औँ मिनेटमा विशालको गोलमार्फत भारतले अग्रता लियो । गोलकिपर पेम्बाले सिक्सयार्ड बक्समा बल फुत्काएपछि विशालले गोल गरेका हुन् । ६८औँ मिनेटमा पुनः पेम्बाले बल फुत्काउँदा विशालले दोस्रो गोल गरे । ८१औँ मिनेटमा कप्तान सुवासले गोल गर्दै अग्रता २–१ ले झारेका हुन् । चार मिनेटपछि नै ऋषिले भारतलाई तेस्रो गोल गरे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मोहम्मद कैफबाट आत्मघाती गोल भयो । त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरेपछि सफल हुन सकेन ।