१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार o६:o८:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गुरुको उच्च स्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o६:o८:oo

एक राजा खासै पढेलेखेका थिएनन् । उनलाई शिक्षा प्राप्त गर्ने निकै ठुलो रहर थियो । त्यसैले, उनले देशभर नाम चलेकामध्ये एक गुरुलाई दरबारमै आएर आफूलाई पढाउने काममा नियुक्त गरे । 

तोकिएको मिति र समयदेखि गुरुले आफ्नो काम सुरु गरे । उनी हरेक दिन दरबार जान्थे र एक घन्टासम्म राजालाई पढाएर फर्किन्थे । यो क्रम निरन्तर चलिरहेकै थियो । तर, यसबाट राजालाई भने कुनै फाइदा भइरहेको थिएन । जतिसुकै कोसिस गरे पनि उनले केही पनि सिक्न सकिरहेका थिएनन् । देशभरकै चर्चित गुरु भएकाले उनले गुरुको योग्यता र क्षमतामाथि प्रश्न गर्न पनि सकेनन् ।

तर, आफूले केही सिक्न पनि सकेनन् । उनले पढ्न थालेको झन्डै तीन महिना बितिसकेको थियो । एक दिन उनले दरबारमा रानीसित यस विषयमा सल्लाह पनि गरे । रानीले यसबारे गुरुसितै सोध्न राजालाई सुझाव दिइन् । अर्को दिन दरबारमा गुरु आइपुग्नासाथ राजाले प्रश्न गरे– गुरुदेव हजुरजस्तो महान् गुरुसित पढ्दा पनि मैले तीन महिनासम्म केही पनि सिक्न सकिरहेको छैन । के म सिक्न योग्य नै छैनँ हो ? आखिर मैले किन सिक्न सकिरहेको छैन ? गुरुले जवाफ दिए– यसको कारण स्पष्ट छ महाराज ! तपाईं यहाँ सिक्नभन्दा पनि राजाको रवाफ देखाउन आउनुभएजस्तो देखिनुहुन्छ ।

किनकि, तपाईं स्वयं उच्च सिंहासनमा बस्नुहुन्छ र मलाई तल्लो स्थानमा बसाउनुहुन्छ । तर, जबसम्म म तपाईंको गुरुका रूपमा रहन्छु, त्यतिखेरसम्म मेरो आसन तपाईंको भन्दा उच्च हुनुपथ्र्यो र तपाईंको आसन तल हुनुपथ्र्यो । यो कुरा मैले तपाईं राजा भएको हुनाले भन्न पनि सकिरहेको थिइनँ । 

राजालाई आफ्नो भूलको महसुस भयो । उनले तत्काल अध्ययनका लागि छुट्टै कोठा तयार गर्न लगाए । त्यहाँ उनले गुरुलाई उच्च आसनमा बसाए र आफू भने तल्लो स्थानमा बसेर शिक्षा ग्रहण गर्न थाले । उनको मिहिनेत र शिक्षा प्राप्तिको भोकले उनी कम समयमै विद्वान् बन्न सफल भए ।