१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले कालीगण्डकी कोरिडोर अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १२:५३:oo

पहिराेले  गएरातिदेखि कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरको गैडाकोट ३ चिहान डाँडामा सालको रुख ढलेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । यता पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक भने सुचारु रहेको प्रहरीले जनाएको छ ।

नवलपुरको हुप्सेकोट ५ पांग्रे स्थित दलदले –डेढगाउँ सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार आज बिहान अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।