१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 सिस्नेरी एन्फा एकेडेमीका ६ विद्यार्थीको अवस्था अझै अज्ञात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:४४:oo

मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना विद्यार्थीको बेपत्ता भएका छन् । उनीहरुको अवस्था अज्ञात छ । 

बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थीहरु पहिरोमा परेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए । उनले ६ जना विद्यार्थी पहिरोमा परेको बताए ।

संयोजक ठकुरीले फुटबल प्रशिक्षकहरुले विद्यार्थीलाई एकेडेमी सञ्चालन गरिएको बत्सला माविबाट माथितिर गाउँमा लैजाने क्रममा पहिरोमा परेको जानकारी दिए । हराएकाहरुको खोजी कार्य भइरहेको र केहि विद्यार्थीको पहिरोले पुरेको अवस्थामा शरिरका केहि भाग देखिएको बताए ।

संयोजक ठकुरीका अनुसार बेपत्ता विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सलाृहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् । एन्फाले गतवर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।