१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलेखानी जलाशयको पानी घट्यो, संकलन क्षमताभन्दा डेढ मिटर तल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १२:४३:oo

लगातारको वर्षाका कारण खतराको चिन्ह्र पार गरेको इन्द्रसरोवरको जलसतह सरोवरमा पानी संकलनको क्षमताभन्दा तल पुगेको छ । सरावरको ड्याममा रहेको दुइवटा ढोका खोलेपछि जलसतह घटेर अहिले एक हजार पाँच सय २८.५ मिटर पुगेको छ ।

भरिएर एक हजार पाँच सय ३१ मिटर पुगेको जलसतह अहिले एक हजार पाँच सय २८.५ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलाशयको दुबै ढोका अहिले दुई  मिटर मात्रै खोलिएको छ। यसअघि शनिबार  बिहान दुबै ढोका साढे चार मिटर खोलिएको थियो ।

प्रमुख भट्टका अनुसार समुन्द्री सतहदेखी एक हजार पाँच सय ३० मिटर पानी संकलनको क्षमता रहेको जलाशयमा आज बिहान् ४:५० बजे एक हजार पाँच सय ३१ मिटर पुगेको थियो । बिहान ६ बजेतिर ड्यामको दुबै ढोका खोलेपछि जलसतह एक हजार पाँच सय २८.५ मिटरमा आइपुगेको छ । 

उनले इन्द्रसरोवरको जलाधार क्षेत्रमा अहिले पनि लगातार पानी परिरहेको जानकारी दिए । ड्यामको सुरक्षाको लागि दुईवटै ढोका र विद्युतउत्पादन पुर्ण क्षमतामा संचालन गरिएको प्रमुख भट्टको भनाइ छ । पानी परिरहेको अवस्थामा अझै पनि ढोका खुल्लै राख्ने र विद्युत उत्पादन जारी रहने उनले बताए ।