१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न उपत्यका ट्राफिक प्रहरीको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o८:५७:oo

काठमाडौं  उपत्यका स्थित नदीनाला आसपासका सडक तथा केही  मुख्य सडक खण्डको सवारी आवागमनमा प्रभाव परेको छ । जस अन्तर्गत तिनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर नयाँबाटो, ग्वार्को-ईमाडोल  सडकखण्ड, परोपकार, सानेपा-कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा  प्रभाव परेको हो ।

पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा-नौबिसे, फर्पिङ, भिमढुङ्गा, धर्मस्थली-तिनपिप्ले र कान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन सकेको छैनन् ।

पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई  मध्येनजर गरि अत्यावश्यक काम बाहेक  यात्रा नगर्न सम्पुर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई नै मध्येनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा  रोक लगाएको छ ।