१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
रामकृष्ण थापा काठमाडाैं
२o८१ असोज १२ शनिबार १o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:३९:oo

अविरल बर्षापछि गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बन्देउदेखि नै पहिरो खसकोले सडक बन्द छ ।  सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा गएको सिन्धुपाल्चोक जिल्ला प्रहरीले जनाएको छ । सुनकोसी, भोटेकोसी, ब्रम्हायणी र ईन्द्रावती नदीले खतराको तह पार गरिसकेको छ ।

 अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्गलगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएका छन् ।

 चीन जोड्ने कोदारी राजमार्गको लिपिङ पुल बगाएको छ । लार्चास्थित बेलिब्रिज पनि भोटेकोसी नदीले बगाएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।  गाउँ पुग्ने सबै सडक पहिरोले बन्द भएका छन् । नदी तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।

तातोपानी , बाह्रबिसे, खाडिचौर, मेलम्ची , जलबीरे, तिपेनी र बन्देउ क्षेत्रका स्थानीय त्रसित भएका छन् ।  मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको प्रहरी स्रोतले जनाएको छ ।