१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असोज १२ शनिबार १o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले घर पुरिँदा वृद्ध दम्पतीको मृत्यु

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १o:४२:oo

बिहीबार बेलुकादेखि निरन्तर आएको झरीले लिसंखुपाखर गाउँपालिका वडा नं ३ वाफलमा पहिरो जाँदा घर पुरिएर वृद्ध दम्पतीको मृत्युु भएको छ ।

मृत्युु हुनेमा  पुर्ववडाध्यक्ष ७२ वर्षीय काजीबहादुर लामा र उनको पत्नी रहेका छन् । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले दिएको जानकारी अनुसार गएराती  १ बजे आएको पहिरोमा परी दम्पतीले घटनास्थलमै ज्यान गुमाएका हुन् ।

रातको समयमा छिमेकीले  उद्धारको प्रयास गरेता पनि घर पूर्णरुपमा पुरेकोले  उद्धार गर्न नसकिएको अध्यक्ष लामाले बताए।