१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o८:५१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नागढुंगा नजिकै पहिरोले चार गाडि पुरिए 

प्रहरी वृत्त थानकोटका अनुसार दुई बस र दुई माइक्रोबस पुरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o८:५१:oo

काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोला छेउमा सडकमा रोकिराखेका गाडी पहिरोले पुरिएका छन् । कम्तीमा चार वटा गाडी पुरिएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त थानकोटका अनुसार दुई बस र दुई माइक्रोबस पुरिएका हुन् । तीन जनाको घाइतेलाई अस्पताल लगिएको र उद्धार जारी रहेको थानकोट वृत्तका डिएसपी सूर्यप्रसाद सुवेदीले बताए । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।