१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ७ सोमबार o९:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पूर्वप्रशिक्षक र खेलाडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o९:o७:oo

काठमाडौं जिल्ला क्रिकेट संघले पाँचौँ वार्षिक साधारणसभामा पूर्वप्रशिक्षक र खेलाडीको सम्मान गरेको छ । संघका अध्यक्ष दिवाकर घलेले आइतबार वार्षिक कार्यक्रम प्रस्तुत गरेको साधारणसभामा नेपाली टोलीका पूर्वप्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरेको हो ।

भट्टराईको प्रशिक्षणमा नेपालले सन् १९९६ मा मलेसियमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेल खेलेका काठमाडौं जिल्लाका तीन महिला तथा एक पुरुष खेलाडी सम्मानित भए । 

संघले महिलातर्फ अस्मिना कर्माचार्य, खुसी डंगोल र कञ्चन श्रेष्ठ तथा पुरुषतर्फ उत्तम थापामगरलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो । अस्मिना, खुसी र कञ्चन नेपालले हङकङमा त्रिकोणात्मक टी– २० शृंखला खेल्दा टोलीमा थिए । यसैगरी उत्तमले दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू–१९ एकदिवसीय विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । 

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले नेपाली क्रिकेटको विकासमा काठमाडौं जिल्लाको ठूलो योगदान रहेको बताए । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संघमा आबद्ध ४५ जिल्लामध्ये काठमाडौंले सर्वश्रेष्ठ काम गरेको बताए ।