१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायके
२o८१ असोज ७ सोमबार १o:४३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:४३:oo

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा जनता भिमुक्थी पेरामुना (जेभिपी) पार्टीका नेता दिसानायके राष्ट्रपतिमा विजयी भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।  

दिसानायकेले भ्रष्टाचारविरोधी कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । यसअघि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो । पहिलो चरणको मतगणनामा दिसानायके अग्रस्थानमा थिए । तर, उनले निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत कटाउन सकेनन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो चरणको मतगणनामा दिसानायकेले ४२ दशमलव ३ प्रतिशत र विपक्षी नेता सजिथ प्रेमदासाले ३२ दशमलव ८ प्रतिशत प्राप्त गरेका थिए । त्यस्तै, वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेले १७ दशमलव ३ प्रतिशत प्राप्त गरेका थिए । 

पहिलो चरणमा कुनै उम्मेदवारले प्रस्ट बहुमत नल्याएपछि निर्वाचन आयोगले मतदाताहरूले दोस्रो रोजाइमा राखेका उम्मेदवारहरूले पाएको मतको गणना गरेका थिए । श्रीलंकाको इतिहासमै दोस्रो चरणको मतगणना भएको हो । प्राप्त मतका आधारमा दिसानायके र प्रेमदासा दोस्रो चरणको मतगणनाका लागि योग्य भएका थिए भने वर्तमान राष्ट्रपति विक्रमासिंघे भने निर्वाचनको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका थिए ।

दिसानायकेको पार्टीले करको दायरा घटाउनुपर्ने,  बजार र अर्थतन्त्रसम्बन्धी नीतिमा कडा व्यवस्था गरिनुपर्ने र राज्यले बलियो हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै आएको छ

निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेकाले निर्वाचन ऐन २०४८ अनुसार दोस्रो गणनामा प्रवेश गरेको निर्वाचन आयोगका अध्यक्ष आरएमएएल रत्नायकेले बताए । शनिबारको चुनावमा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकताका क्रममा तीन उम्मेदवारलाई मत दिन पाउने व्यवस्था गरिएको थियो । 

दिसानायके नेसनल पिपुल्स पावर
(एनपिपी) गठबन्धअन्तर्गत कम्युनिस्ट पार्टी जनता विमुक्थी पेरामुना (जेभिपी)का नेता हुन् । जेभिपीले विगतमा सन् १९७१ र सन् १९८० को दशकको अन्त्यमा गरी दुईपटक असफल कम्युनिस्ट विद्रोहको नेतृत्व गरेको थियो । सरकार विद्रोहविरुद्ध अत्यन्त निर्मम रूपमा उत्रिँदा झन्डै–झन्डै ६० हजारको मृत्यु भएको थियो । विद्रोहमा शीर्ष नेतृत्वदेखि पार्टी संस्थापक रोहाना विजेविरा पनि मारिएका थिए ।

स्कुले जीवनदेखि जेभिपीको राजनीतिमा जोडिएका दिसानायके सन् २०१४ मा पार्टी नेता नियुक्त भएका थिए । नेतृत्व सम्हालेदेखि नै उनले पार्टीको छविलाई विगतको हिंसात्मकलाई बाहिर ल्याउने प्रयास गरे । पछिल्लो संसदीय निर्वाचनमा जेभिपीले तीन सिट ल्याएको थियो । दिसानायकेको पार्टीले करको दायरा घटाउनुपर्ने, बजार र अर्थतन्त्रसम्बन्धी नीतिमा कडा व्यवस्था ल्याउनुपर्ने नीतिको समर्थन गर्नुका साथै परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै आएको छ । दिसानायकेले सत्तामा पुगेको ४५ दिनभित्र संसद्लाई भंग गर्ने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमतमा जाने बताएका थिए ।
– एजेन्सी