१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
इजरायलमाथि लेबनानको रकेट हमलाबाट क्षतिग्रस्त संरचना । तस्बिर : राेयटर्स
रासस बेइजिङ
२o८१ असोज ७ सोमबार १२:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

छिट्टै इजरायल छाड्न आफ्ना नागरिकलाई चीनको आग्रह

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १२:५८:oo

इजरायल र लेबनानको इरानसमर्थित लडाकु समूह हेजबुल्लाहबिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल  छोड्न आग्रह गरेको छ।

हाल इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाका लागि स्थानान्तरणको निर्देशन दिएको हो।

नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको बताइएको छ।

यसैबिच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन्।

दक्षिणी बेरुतको सघन जनसंख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकिल मारिएका थिए।