१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ७ सोमबार १४:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १४:३९:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन्।

एसियाली व्यापार प्रवर्द्धन फोरम एटिपिएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धिः एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरे।

नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालले उल्लेख गरे। साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास तथा प्रवर्द्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेकोतर्फ पनि ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

नेपालको निर्यात व्यापारमा  हातले बुनेका गलैँचा, थांका, चित्रकला र परम्परागत संगीतका वाद्ययन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे। पर्यटनमार्फत पनि साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूलाई आग्रह गरे। बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटेल, थिमपार्क, केबलकारलगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले  लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र  बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सिर्जना भएको अध्यक्ष ढकालको भनाइ थियो।