१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ असोज ७ सोमबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतबाट भागेका नाैमध्ये सातजना पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १४:३o:oo

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका नाैजनामध्ये सातजनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति करिब साढे ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन फोडेर नाै थुनुवा फरार भएका थिए।

प्रहरीले सर्च अप्रेसनका क्रममा एकजनालाई स्थानीय जनक चोकबाट र अर्का एकजनालाई तत्कालै पक्राउ गरेको थियो। थप पाँचजनालाई आज सोमबार दिउँसो पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

सिराहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका– २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका– १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका– २ का १८ वर्षीय मनीष मण्डल र जनकपुरधाम– ४ का २२ वर्षीय बिक्की कार्की फरार भएका थिए।

फरार हुनेमा चारजना लागुऔषध र तीनजना शान्तिसुरक्षा तथा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए।

हिरासतबाट भागेका नाैमध्ये अब विशाल मुखिया र रञ्जित मण्डल पक्राउ पर्न बाँकी छ। उनीहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरी तिवारीले बताए।