१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ७ सोमबार १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १४:४७:oo

नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ। यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो।

सोमबार इन्जिनियरहरूको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ लकसँग प्रारम्भिक अन्तर्क्रिया भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले समेत यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए। ‘यो प्रक्रिया अघि बढाउन निक्कै ढिला भएको छ,’ उनले भने, ‘तर, ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ।’

सोही कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे। उनले इन्जिनियरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने पनि बताए।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इन्जिनियरिङ शिक्षा तथा पेसागत अवस्थाबारे आफ्नो प्रस्तुति राखेका थिए। उक्त एकडमा आबद्ध राष्ट्रहरूका इन्जिनियरहरूले सदस्यराष्ट्रमा समान हैसियत पाउँछन्।

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए। यो प्रक्रया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इन्जिनियरिङ क्षेत्रलाई आशावादी बनाएको छ। यो प्रक्रियाको थालनीले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको उनको भनाइ छ।