१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ असोज ७ सोमबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आँखा अस्पताललाई ५० लाख सहयोग

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १४:१४:oo

संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चालनमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई आफन्तको नाममा दाताले ५० लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। आइतबार एक कार्यक्रमबिच स्वर्गीय तेजबहादुर श्रेष्ठ र रत्नकुमारी श्रेष्ठका पाँच भाइ छोराहरूले दिवंगत आमाबुबाको नाममा ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कसैले आँखाको ज्योति गुमाउन नपरोस् भनेर तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई रकम सहयोग गरेको दाता सोहनकुमार श्रेष्ठले बताए। उक्त उपचार केन्द्रलाई सात रोपनी जग्गा पनि श्रेष्ठ दाजुभाइले नै उपलब्ध गराएका हुन् भने त्यहाँ चाहिने औजार–उपकरण, बेड र फर्निचरहरूसमेत उनीहरूले हस्तान्तरण गरेका थिए।

गरिब, असहाय, दलित र विपन्न वर्गको उपचारमा खर्च गर्ने गरी मुद्धति खातामा रकम रहने गरी सहयोग गरिएको श्रेष्ठ दाजुभाइले बताएका छन्। सोहनकुमार खाँदबारीमै व्यापार व्यवसाय गर्छन् भने मनोजकुमार लामो समयदेखि अमेरिका बस्दै आएका छन्। दुवै दाजुभाइका छोराछोरी र बुहारीसमेत अमेरिकामा नै चिकित्सक छन्।

नेपाल नेत्रज्योति संघ आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई सही सदुपयोग गरिने बताए। उपचार केन्द्रमा अतुलनीय योगदान पुर्‍याएकै कारणले बुबा र आमाको नामबाट तेजरत्न आँखा तथा कान उपचार केन्द्र बनेको समितिका अध्यक्ष गौलीले बताए। यो उपचार केन्द्र चाँडै नै सर्जिकल अस्पतालको रूपमा विकास गर्न आफूहरू लागिपरेको समितिको भनाइ छ।