१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१० अर्ब ३४ करोड ठगेर भरत–राजमायाको कागजी डिभोर्स, बेलायत जान फेरि विवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:२३:oo

सुमेरू सहकारीका सञ्चालक भरत महर्जनले ठगी प्रयोजनकै लागि पत्नी राजमाया महर्जनसँग सम्बन्धविच्छेद गरे । ठगीको सम्पत्ति जोगिने भएपछि विदेश उड्नका लागि फेरि राजमायासँगै नक्कली विवाह पनि गरे । उनले सहकारीको १० अर्ब ३४ करोड हिनामिना गरेका छन् ।

बचतकर्तालाई सडकमा पुर्‍याएर उनीहरू अहिले बेलायतमा विलासी जीवन बाँचिरहेका छन् । ‘यी सबै नक्कली कारोबार शृंखलाहरू हुन् । निज महर्जनले पुनः विवाहका लागि पेस गरेको समितिमा उपलब्ध भएको फाराम अनुसूची २४ मा प्रस्तुत गरिएको छ,’ सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा भनिएको छ, ‘झुट र नक्कली कारोबारको शृंखलाकै कारण अहिले म सहकारी संस्थामा आबद्ध नरहेको कुरा अभिलेख गराइपाऊँ भन्ने व्यहोराको निवेदनको चाङ सहकारी निकायहरूको कार्यालयमा लाग्न थालेको छ ।’