१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिबी, ज्ञानबहादुर र देवकुमार कुनै वेला एउटै सहकारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:५१:oo

ठुला सहकारीको अर्बाैँ हिनामिनामा संलग्नको सञ्जाल एउटै रहेको पाइएको छ । गोर्खा सेभिङका ज्ञानबहादुर बम्जन, सूर्यदर्शनलगायत पाँच सहकारीका सञ्चालक जिबी राई तथा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली कुनै समय एउटै सहकारीमा थिए ।

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदनअनुसार कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी रहेका वेला ज्ञानबहादुरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था खोलेका थिए ।

२६ असार ०६५ मा खुलेको सहकारीका अध्यक्ष ज्ञानबहादुरले तीन वर्षपछि जिबीलाई पद हस्तान्तरण गरेका थिए । जिबी ज्ञानबहादुरका बहिनीज्वाइँ हुन् । जिबी कल्याण सहकारीका अध्यक्ष हुँदा देवकुमार उपाध्यक्ष थिए ।

‘जिबीसँग विवाद भएपछि देवकुमार नेपालीले इमेज सहकारी स्थापना गरे,’ प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीका प्रमुख नाइके तीनैजना फरार छन् । देवकुमार बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् । सूर्यदर्शनमा जिबीपछि भूपेन्द्र राई र पछिल्लो समय थानबहादुर बुढा अध्यक्ष भएका थिए ।