१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १२:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याए : शंकर  पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १२:२२:oo

नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतंक फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरे । 

‘एमाले–कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठूला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ, थप अरु संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ’, उनले भने । 

दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो । अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै उनले सहकारी क्षेत्रमा संकट देखिनु वित्तीय संकटको प्रभाव रहेको बताए । 

उनले  सहकारीले आफ्नो नियम पालना नगर्दा यसको असर बचतकर्तामा परेको भन्दै नियमन गर्ने काममा सरकारको ध्यान केन्द्रित रहेको बताए । सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए रास्वपाका सभापति रवि लामिछानेको विषयमा गैरकानुनी रुपमा लगानी भई दुरुपयोग भएको पुष्टि भएको उनको भनाइ थियो । 

सहकारी संस्थाको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिसअनुसार जो कोही भए पनि कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने उनले बताए । कारबाही सिफारिस भएका व्यक्तिले अहिले ‘क्लिन चिट’ पाएँ भन्नू अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको उनको भनाइ छ ।