१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
रासस काठमाडौं
२o८१ असोज ७ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा निरन्तर कीर्तिमान

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १२:o२:oo

सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु. चार सयले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुन आजका लागि रु. एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु. एक हजार सात सयले वृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला रु. एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ।