१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ७ सोमबार १o:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टाइब्रेकरमा वडा नं. २१ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १o:o७:oo

दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा आइतबार वडा नं. २१ र २६ ले टाइब्रेकरमा जित निकालेका छन् । लैनचौर फुटसल मैदानमा वडा नं. २१ ले २२ लाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयमा दुवैले १–१ को बराबरी नतिजा निकालेका थिए ।

 टाइब्रेकरमा वडा नं. २१ का साजन डंगोलले विजयी गोल गरेका थिए । वडा नं. २१ का गोलरक्षक अरुण पोडे म्यान अफ दी म्याच बनेका छन् । अर्काे खेलमा वडा नं. २६ ले ३२ लाई टाइब्रेकरमा ५–४ ले निराश बनायो । दुवै वडाले निर्धारित समय १–१ को बराबरी खेलेका थिए ।

निर्धारित समयमा वडा नं. २६ का साजन शाहीले अग्रता गोल गरेका थिए । वडा नं. ३२ का विक्रम बिसुन्केले बराबरी गोल फर्काए । अर्को खेलमा वडा नं. १२ ले ५ लाई २–१ ले हरायो । वडा नं. ८ ले ३१ माथि १–० को जित निकाल्यो । वडा नं. ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं. ८ विजयी भएको हो ।